अभियान्ता ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्ता बन्ने, राजतन्त्रको एजेन्डा स्वीकारेको घोषणा

  • फागुन ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको एक प्रवक्ता बन्ने भएका छन् । सो अभियानलाई राप्रपामा समाहित गर्ने सहमतिपछि शाहीले प्रवक्ताको जिम्मेवारी पाउने भएका हुन् ।
मंगलबार दुवै पक्षबीच भएको वार्तापछि सहमति भएको हो । एक पदाधिकारीसहित ७ जना केन्द्रीय सदस्य शाहीको अभियानलाई दिने कुरा लिखित समझदारीमै उल्लेख रहेको जनाइएको छ।

समझदारीपत्रमा राप्रपाको वार्ता टोली संयोजक डा.धवलशम्शेर राणा र अभियानको वार्ता टोली संयोजक विनोद खड्काले हस्ताक्षर गरेका छन् । हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा समाहित भएको औपचारिक घोषणा आगामी ६ फागुनमा गरिने भएको छ ।
शाहीले राजतन्त्रको एजेन्डलाई स्वीकारेर राप्रपामा समाहित हुने निर्णय गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । विगतदेखि नै शाहीलाई धेरैले ‘राजावादी’ मान्दै आए पनि उनी स्वयम् भने खुलेका थिएनन् ।

उनले खासगरि भ्रष्टाचारका विषयहरुलाई मुद्दा बनाएर अभियान सञ्चालन गदैं आएका थिए । राप्रपामा भ्रष्टाचारका विषयमा काम गर्न छुट्टै विभाग समेत बनाउने सहमति भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved