सेटिङ नमिलेपछि इटहरीमा राजस्व हाकिमलाइ तस्करकाे हातपात , प्रहरी भन्छ घटनाबारे केहि थाहा छैन

  • फागुन ४, २०७८
  • कालापानी मिडिया
alt

इटहरी ।  राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनालमाथि तस्करीको लाइन चलाउने सन्तोष यादवले हातपात गरेका छन् । कार्यालय प्रमुख खनालको कार्यकक्षमा मंगलबार विहान ९ बजे यादवले हातपात गरेका हुन् ।

खाद्यवस्तु, चिनी र सूर्ती भारतदेखि तस्करी गरि नेपाल ल्याउने यादवले सशस्त्र प्रहरीका सही गणेश खड्काको सामुन्ने कार्यालय प्रमुख खनाललाई हातपात गरेका हुन् । खड्का सशस्त्र प्रहरी बल सुनसरीबाट सादा पोशकमा खटिने प्रहरी हुन् ।

खड्का १ नम्बर बराह बहिनी मुख्यलाय पकली सुनसरीमा कार्यरत छन् । उनी सशस्त्र प्रहरी प्रदेश १ नं. का डिआइजी कमल गिरीका सादा पोशकका ‘घुमुवा’ प्रहरी रहेको बुझिएको छ ।

खड्काको योजनामा आफूमाथि हातपात भएको अनुसन्धान कार्यालय प्रमुख खनालले बताए । अहिले सुनसरीमा सशस्त्र प्रहरीको मिलेमतोमा सीमा क्षेत्रमा खुलेआम तस्करी भइरहेको स्थानीयले बताएका छन् । सई खड्कासहित तस्करीका नाइके यादव राजश्व अनुसन्धानका प्रमुख खनालसँग रकमको ‘डिल’ गर्न कार्यालय पुगेका थिए ।

भारतदेखि नेपालतिर हुने अवैध चोरी तस्करीमा निगरानी बढाएपछि क्यारिङमार्फत तस्करी गर्ने यादवले सशस्त्र प्रहरीका सई खड्काको आडमा आफूमाथि हातपात गरेको खनालले बताए । ‘मलाई तस्करीवापत घुस दिन आएका रहेछन्’ उनले भने, ‘त्यसलाई अस्वीकार गरेपछि उनी ममाथि जाईलागे ।’ आक्रमणको बेला सशस्त्रका सई यादव रमिते बनेको खनालले बताए ।

घटनापछि दुबै जना फरार भएको र त्यसबारे सशस्त्र प्रहरीलाई जानकारी दिएको कार्यालय प्रमुख खनालले बताएका छन् । यादवको आक्रमणबाट आफ्नो हातको बुढी औंलाको जोइन्टमा क्षति पुगेको उनले बताए ।

अहिले सुनसरीको घुक्सी, श्रीपुर, लौकही, साहेबगञ्ज, अमडुवा, कप्तानगञ्ज नाकाबाट तस्करी हँुँदै आएको छ । सोही नाकादेखि हुँदै आएको चोरी तस्करी रोक्न खोज्दा कार्यालय प्रमुख खनालसँग ‘लाईन’ मिलाउन सशस्त्र प्रहरीको आडमा यादव आएका हुन् ।

सशस्त्र प्रहरी प्रदेश १ नं. का डिआइजी कमल गिरी घटनाको विषयमा आफूलाई केही जानकारी नभएको बताए । ‘सई खड्का ४ नम्बर गणमा कार्यरत छन्,’ उनले भने, ‘कार्यालय प्रमुखमाथि हातपात भएको विषयमा आफूलाई केही जानकारी छैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved