एमसीसीबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक सुरु

  • फागुन ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । एमसीसीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।
बिहान ८ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो । आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो ।

माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ । संसद बैठक १ बजे बस्दैछ । संसद सचिवालयले मंगलबार जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । मंगलबार प्रधानमन्त्री र कानूनमन्त्री लगायतले आज एमसीसी टेबुल गर्ने बताएका थिए ।

संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । र उक्त समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था समितिले संसदको कार्यसूचीमा एमसीसी पनि राख्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved