देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा, एमसीसी अघि बढाइए आजै सरकार छाड्ने

  • फागुन ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सहमतिबिना एमसीसी अघि बढाइए सरकारबाट बाहिरिने निर्णय संसदीय दलबाट गराएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका छन् । पार्टीको निर्णय सुनाउन र सहमतिबिना एमसीसी अघि नबढाउन आग्रह गर्न प्रचण्ड प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्न गएका हुन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले एमसीसीलाई आजको कार्यसूचीमा राख्न दबाब दिएको छ भने प्रचण्डले बालुवाटारमा पुगेर एमसीसी अघि बढाइए आजै सरकार छाड्ने जानकारी दिन लागेको माओवादी नेता देव गुरुङले बताए । माओवादीका मन्त्रीहरुलाई पनि आवश्यक परे आजै राजीनामा दिनुपर्ने बताइएको छ । एमसीसीको सन्दर्भमा माओवादी रिजिड बनेको र माधव नेपाल लचिलो बनेको ब्रिफिङ कानूनमन्त्री दिलेन्द्र बडूले कांग्रेस नेताहरुलाई गरेका छन् ।

माओवादी केन्द्रले भने एमसीसी जबर्जस्ती अघि बढाइए गठबन्धन टुट्ने प्रष्ट सन्देश दिएको छ । त्यही सन्देश दिन प्रचण्ड बालुवाटार गएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved