प्रचण्ड-माधव एमसीसीबारे भ्रमको जालोमा फसे : रामचन्द्र पौडेल

  • फागुन ४, २०७८
  • कालापानी मिडिया
alt

बारा । सत्तारूढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालोमा फसेको बताएका छन् ।

बाराको सिमरामा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका दिने गरी कसैले पनि ‘डबल-स्ट्याण्ड’ को भूमिका खेल्न नहुने उनले बताए । उनले भने, ‘प्रचण्ड र माधव नेपाल एमसीसीलाई लिएर भ्रमको जालोमा फसेका छन् । कम्युनिष्टका नेताहरु जेलिएका छन् । उहाँहरु प्रचारको जालोमा जेलिनु भयो । एमसीसीको शुरुवात स्वयम् झलनाथजीबाट भएको हो । यो एमसीसी सम्झौता सत्तामा पुगेका कुनै पनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् । उहाँहरु सबै संलग्न हुनुहुन्छ । सबै नेता पालैपालो संलग्न हुनुहुन्छ ।’

उनले भपे, ‘केपी ओली प्रधानमन्त्री बनेपछि संसदबाट पारित गर्नुपर्छ भन्ने बनाउनु भयो । अमेरिकाको यो संसदबाट पास गर्नुपर्छ भन्ने कुनै दबाब थिएन । यसलाई संसदमा लैजान्छु भनेर उहाँले त्यसो गर्नुभयो । अहिले एमाले त्यो अनुमोदन गर्नबाट पछि हट्न मिल्छ ? एमसीसी हुन्न भन्ने कुरा यो देश र सारा दुनियाँलाई धोका हो कि होइन ? यसको परिणाम के हुन्छ ? नेपालको राजनीतिक अवस्था र अर्थतन्त्र कहाँ पुग्छ ? आज दातृ निकायहरुलाई हामीविरुद्ध पुर्‍याउने काम पनि हुन्छ, म समाजवादी हो । म नेपालवादी हो । यस्तो किसिमको फट्याँई मलाई मन पर्दैन । डबल स्ट्याण्ड कसैले पनि नगरौं ।’

उनले अब देशको विकास गर्नेगरी सबै दल जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताए । उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका नेता पौडेलले प्रचण्ड र माधव नेपाल एमसीसीबारे भ्रमको जालोमा फसेको जिकिर गरे । उनले भने, ‘शुरुमा एमसीसी ल्याउनमा प्रचण्ड र माधव नेपाल आफै लाग्नुभयो । पछि क-कसले कुन-कुन सूत्रबाट यसको विरुद्धमा जानुपर्छ भन्ने कुरा आयो, त्यो कुरा आएपछि उहाँहरुले आफ्नो तर्कशक्ति एमसीसी खराब हो भन्नेमा खर्च गर्नुभयो । उहाँहरु अहिले माकुरा आफ्नो जालोमा फसे जस्तो फस्नु भयो । उहाँहरु आँफैले फैलाएको झुटो अफवाहको जालोमा आफै अल्झिनु भएको छ । मैले त जानेको कुरा यत्ति हो ।’

उनले आफू त सबैसँग सहकार्य गरेर जाने व्यक्ति भएको पनि उल्लेख गरे । उनले आफ्नै पार्टीभित्र पनि एमसीसीबारे जनतालाई बुझाउनुको लागि पर्याप्त भूमिका नखेलिएको गुनासो पोखे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved