केराबारीमा बेमौसमी पहिरो , वडाध्यक्ष सहितका पाँचघर जोखिममा

  • असोज २४, २०७६
  • कालापानी मिडिया
alt

मोरंग केराबारी । असोजको तेश्रो साता केराबारी गाउँपालिका वडा नं.४ स्थित झ्याप्रुंग डाँडा टोलमा सुखा पहिरो खस्दा पाँच घर परिवार विस्थापित बनेका छन् ।

चाँडपर्वको मुखैमा घरदेखि तलतिरबाट पहिरो खसेका कारण सोही वडाका वडाध्यक्ष इन्द्रवहादुर राईको घर सहित अन्य पाँच घर जोखिममा रहेको पाइएको छ । दशैमनाउँन आफन्त परिवार सवैले तयारी गरीरहेका बेला नवरात्रको दिन पहिरो झरेर गाउँ नै बगाउँने अवस्था आएपछि आफूहरु घर छाडेर अन्यन्त्र भागेको पिडितहरुले बताएका छन् ।

 

भुकम्पका कारण पहाडका धेरै जमिनहरु खस्केको र जमिनमा धजा फाटेको छ ।अझैपनि पहिरो झरेको भागमा सुख्ख माटोहरु बगिरहेको र माथिलो कान्लो सम्म माटो चिरा परेकोछ । जमिन केही धस्सिएको छ । जुनसुकैबेला त्यो पहिरो जान सक्छ । वडाध्यक्ष इन्द्रवहादुर राईको घरैदेखि मुन्तिरको एक कान्ला मात्र बाकी रहेको छ । केराबारी गाउँपालिकाबाट अनुगमनमा गएकी गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी लिम्बु भुजेलले बताइन् ।

वडाध्यक्ष राईको एक महिना अघि मोटरसाइकल दुर्घट्नाका कारण खुट्टा भाचिएर उपचार गराई रहेका अवस्थामा यतिठूलो संकट आइलागेपछि गाउँको अन्य ४ घर समेत जोखिममा रहेको र उद्धारमा कठिनाई भएको पिडित स्थानिय नन्द याम्फूले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved