प्रतिनिधि सभाको बैठक सकियो, अर्को बैठक फागुन ६ गते बस्ने

  • फागुन ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधिसभाको बैठक दुईवटा शोक प्रस्ताव पारित गर्दै सकिएको छ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो बसेको उक्त बैठकमा एमालेले अवरोध जारी राखेको छ । संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजीलाई निरन्तरता दिएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए।

उनीहरुले गैर सांसदहरुलाई निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदमा भेदभावपूर्ण व्यवहार बन्द गर जस्ता नारा लगाएका थिए।
यो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन मन्त्री दिलेन्द्र बडुले ुथारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ।व। २०७७/०७८ पेश गरेका छन्।

त्यस्तै दोस्रो कार्यसूची अनुसार सभामुख अग्नि सापकोटाले तीन शोक प्रस्तावहरू प्रस्तुत गरेका छन्। दलहरुबीच सहमति भइनसकेकाले बुधबारको संसदमा एमसीसी पेश भएन।

प्रधानमन्त्री देउवाले बिहीबार दिउँसो ३ बजेका लागि पाँच दलीय गठबन्धनको बैठक बोलाएका छन्।

उक्त बैठकमा सहमति जुटाएर शुक्रबार दिउँसो बस्ने बैठकमा एमसीसी अघि बढाउने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved