राप्रपा पनि एमसीसीविरुद्ध उत्रियो सडकमा

  • फागुन ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा पनि सडक आन्दोलनमा उत्रिएको छ ।

बुधबार राप्रपाका नेता कार्यकर्ताले नयाँ बानेश्वर क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरीले धरपकड गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । एमसीसीको पक्षमा अहिले कांग्रेस मात्रै देखिएको छ । सत्ताधारी चार दल पनि एमसीसीको विपक्षमा उभिएका छन् ।

बुधबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य ’किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहितले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई निषेधित क्षेत्र तोड्न नदिने गरी रोक्न खोजेको थियो । तर प्रदर्शनकारीहरू संसद भवनको दक्षिण गेटसम्म पुगेर नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved