एमसीसी पास गरे अप्रिय परिस्थितिको सामना गर्न सरकार तयार हुनुपर्छः विश्लेषक रायमाझी

  • फागुन ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता प्रकाश रायमाझीले एमसीसी नेपालको राष्ट्रियता, स्वाधिनता र अन्य वैदेशिक सहायता भन्दा फरक किसिमले सन्धिको रुपमा आएको बताएका छन् । उनले रिपोटर्स क्लवमा पकारहरु संग कुरा गर्दै अमेरिकाले एमसीसीलाई परियोजनाको माध्यमबाट सन्धी गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन् । उनले सम्झौताका बुदाँहरुमा स्थानीयसँग सरोकार राख्ने कुराहरु जल र जलबाट उत्पन्न हुने भनिएपनि त्यसको प्रसारण लाइन र सडक सञ्जाल विस्तार गर्ने प्रावधानहरु नेपालको कानुन भन्दा माथि हुने जिकिर बताए । यसरी देशमा आएको सामान्य सहयोगलाई लिदैनौ, नेपाललाई यो आवश्यक छैन्, ३ करोड नेपालीहरु यसको विरुद्ध हुँदाहुँदै एउटा सामान्य प्रोजेक्टको लागि राज्यले जबरजस्ती गरेमा दुर्भाग्यपुर्ण हुनेछ उनले भने।’

विश्लेषक रायमाझीले एमसीसी नेपालको राजनीतिक स्वार्थमा जोडिएका केही पृष्ठपोषक व्यक्तिहरुको स्वार्थले ल्याइएको पनि आरोप लगाए । नेपालका नेताहरुले जबरजस्ती मागेर ल्याएको, नेपालीलाई दास बनााउन ल्याइएको परियोजना नेपालको हितकर नभएको पनि उनको तर्क छ। रायमाझीले एमसीसी सम्झौतापछि नेपाल र नेपालीको स्वाधिनतामा प्रश्न उठ्ने भएकोले अस्विकार गरेको पनि स्पष्ट पारे । अहिले कांग्रेसको नेतृत्वमा एमसीसी पास भएमा त्यसको मुल्य कांग्रेसले चुकाउन पर्ने उनको धारणा राखे । ३ करोड नेपालीविरुद्ध गएर सरकारले निर्णय गरेमा अप्रिय हुने चेतावनी सरकारलाई दिँदै उनले भने,‘अप्रिय परिस्थितिको सामना गर्न सरकार तयार हुनुपर्छ । आउने निर्वाचनमा पनि त्यसको परिणाम देखिन्छ, घर–घरबाट सामाजिक वहिस्कारको अभियान सुरु हुन्छ ।’

उनले दोहोरो चरित्र देखाएको दल नेकपा माओवादीलाई लक्षित गर्दै तिनीहरुको नेपाली जनताले गहिरो रुपमा अध्ययन र विश्लेषण गरिरहेको पनि सुनाए । एमसीसीसँग सरोकार राख्नेहरुलाई नेपालबाट लखेट्न पर्ने परिस्थिती उत्पन्न हुँदै गएको उनको भनाई थियो । विर गोर्खालीको देश नेपाल हो भन्दै मामुली पैसाको लागि अमेरिकासँग सम्झौता गर्ने पक्षमा नरहेको पनि उनले स्पष्ट पारे ।

५१ करोड रुपैयाँ एनसेलको पैसा र एमसीसीको पैसाबाट पूर्वप्रधानन्यायाधीश र केही बिचौलिया व्यापारीबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई अघि वढाउन केही सञ्चार माध्यमहरुलाई पैसा दिएर गलत प्रचार गर्ने प्रयास भइरहेको पनि उनले जिकिर गरे । जबराविरुद्ध महाभियोगको प्रस्ताव व्यक्तिगत नभएर न्यायालयलाई ध्वस्त बनाउने योजना अनुरुप ल्याइएको विश्लेषक रायमाझीको भनाई छ ।

बिचौलिया, वकिल र भ्रष्ट न्यायाधीशहरुको जालझेलमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको मुद्दालाई खारेज गराउन रातारात प्रधानमन्त्री शेरबहादुर देउवालाई कठपुतलीको रुपमा महाअभियोगको प्रस्ताव संसदमा पेस गर्न लगाइएको उनले धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved