विश्वकप क्रिकेट लिग २, ओमनसँग प्रतिस्पर्द्धा गर्दै नेपाल

  • माघ २६, २०७६
  • कालापानी मिडिया
alt

२६ माघ,काठमाडौं । विश्वकप क्रिकेट लिग(२ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्द्धा गरिरहेको छ । कीर्तिपूरस्थित टियु क्रिकेट मैदानमा अहिले भईरहेको खेलमा नेपालले अहिले टस हारेर ब्याटिङ गरिरहेको छ ।

टस हारेर ब्याटिङ निम्तो पाएको घरेलुु टोली नेपालले १० ओभरको खेल चलिरहँदा विना कुनै क्षति २२ रन जोडेको छ । अहिले नेपालको तर्फबाट सुवास खकुरेल कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ सम्हालेका छन् ।

नेपाल आफ्नो पहिलो खेलमा ओनमसँग १८ रनले परािजत भएको थियो भने शनिवार भएको दोश्रो खेलमा नेपालले हिजो अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

कमजोर ब्याटिङ गरेको नेपाललाई ओमनसँग बदला लिन ब्याटिङ सुधार गर्नुपर्ने चुनौती छ । लगातार दुई जित निकालेको ओमनको मनोबल आज उच्च रहेको छ । ओमनले दोस्रो खेलमा अमेरिकालाई पनि ६ विकेटले हराएको थियो ।

अहिले अमेरिका १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने समान १२ अंक बनाएको ओमन रनरेटका आधारमा दोस्रो स्थानामा रहेको छ ।

सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका, ओमन,स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अंक सहित तेस्रो स्थानमा छ ।

नामिवियाको आठ र युएईको सात अंक छ । २ खेलबाट नेपालको दुई अंक हुँदा ८ खेख खेलिसकेको पपुवा न्युगिनी अंकविहिन छ ।

लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved