नयाँ सारथी लघुवित्तको ५ करोड कर्मचारीले नै हिनामिना गरेको खुलासा

  • फागुन ५, २०७८
  • कालापानी मिडिया
alt

पर्सा / पर्सास्थित नयाँ सारथी लघुवित्तको ५ करोडभन्दा बढी रकम हिनामिनामा कर्मचारी नै संलग्न रहेको खुलेको छ। नक्कली ऋणी खडा गरेर लघुवित्तका शाखा प्रबन्धकसहित तीन कर्मचारीको समेत मिलेमतोमा रकम हिनामिना गरेको पाइएको पर्सा प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए। 

प्रबन्धक भोजेन्द्र ठाकुर लोहारले लघुवित्तका ३०८ जना बचतकर्ताहरुलाई जानकारी नै नदिई उनीहरुको नाममा नक्कली ऋण आवेदन र अन्य नक्कली कागजात तयार गरी आफैंले ऋण लिएको खुलेको हो। 

कर्मचारीहरुमा पर्साको पर्सागढी नगरपालिका–७ का २४ वर्षीय गेनालाल पटेल, वीरगञ्ज महानगरपालिका–२७ का २६ वर्षीय प्रदीपकुमार पटेल र वीरगञ्ज–२७ का २४ वर्षीय शेषनाथ कुसवाहा छन्। 

उनले आफैँ स्वीकृत गरेर ५ करोड ३४ लाख ५५ हजार ४ सय ७९ रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ। काभ्रेको धुलिखेलस्थित नयाँ सारथी लघुवित्तले नै प्रहरीमा जाहेरी दिएपछि पर्सा प्रहरीले अनुसन्धान गरेको हो। 

प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। तर, शाखा प्रबन्धक र अन्य तीन कर्मचारीको मात्र संलग्नता देखिएको भन्दै अभियोग पत्र दर्ता भएको छ। 

उनीहरुले कर्जाको सावाँ र ब्याज गरी ५ करोड ५७ लाख ४२ हजार २७४ रुपैयाँ संस्थालाई हानिनोक्सानी पुर्याएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए। 

जिल्ला सरकारी वकिल कार्यालयले शाखा प्रबन्धकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अन्य तीन जनासँग एकएक करोड रुपैयाँ धरौटी माग गरेको भएपनि धरौटी बुझाउन नसकेपछि उनीहरु पनि कारागार चलान भएका छन्। 

सोही शाखाका कर्मचारी गेनालाल पटेल, प्रदीपकुमार पटेल र वीरगन्जका शेषनारायण कुशवाहासँग धरौटी माग गरेको थियो। पक्राउ परेका अरु तीनजनालाई भने सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै छाडेको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved