प्रदेश १ नामाकरण गर्न सर्बदलीय बैठक आव्हान : हाेला त नामाकरण ?

  • फागुन ६, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न दलहरुसँग छलफल गर्ने भएको छ । छलफलका लागि प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आव्हान गरेको छ ।

प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश सरकारले गठन गरेको स्वास्थ्य मन्त्री जयराम यादव नेतृत्वको समन्वय समितिले सर्वदलीय बैठकको आव्हान गरेको हो ।

सरकारले नामाकरणका लागि छलफल र समन्वय गर्न तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मेवारी दिएको थियो । बिहीबार मुख्यमन्त्री राजेन्द्र राईसमेतको उपस्थितिमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरु र सरकारका मन्त्रीहरुको बैठक बसेर नामाकरणका लागि प्रकृया अगाडि बढाउने र फागुन १० गते सर्वदलीय बैठक सहमति गरेको थियो ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी थिए ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतीले प्रदेश नं. १ को नाम प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेको स्वास्थ्य मन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण समितिका संयोजक जयराम यादवले जानकारी दिए ।

मन्त्री यादवले प्रदेश नं. १ को नामकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिए । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष वा प्रमुख र सरकारका सबै मन्त्रीहरू सहभागी हुने मन्त्री यादवले बताए । बैठक फागुन १० गते दिउँसो १२ः१५ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved