सदस्यलाई बचाउन ‘दारी ग्याङ झापा’द्धारा एकलाख तीन हजार सहयोग

  • फागुन ६, २०७८
  • कालापानी मिडिया
alt

बिर्तामाेड । दारी ग्याङ झापाले लामो समयदेखि विरामी भई उपचार गर्दै आएका मनोज सापकोटालाई आफ्नो छैटौँ बाषिकोत्सवको अवसर पारेर आर्थिक सहयोग गरेको छ ।

दारी ग्याङ झापाका सकृय सदस्य कचनकवल गाउँपालिका वडा नम्बर -७ मा बसोबास गर्दै आएका २२ बर्षीय मनोज सापकोटा कलिलो उमेरमा (Classical Hodgkins Lymphoma) नामक प्राणघातक रोगबाट पीडित जीवन र मरणको दोसाधमा रहीरहेको अवस्थामा थप केही सहयोग मिल्ने भन्दै दारी ग्याङ झापाले घरैमा गएर रु एकलाख तीन हजार रुपैँया परिवारलाई हस्तान्तरण गरिएको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले बताएका छन् ।

दारी ग्याङ झापाका उपाध्यक्ष मनिष दाहालको संयोजकत्वमा भएको उक्त अभियानबाट संकलित रकम जिल्ला समितिका उदाधिकारीको उपस्थितिमा टोली घरैमा पुगेको हो ।

२०१८ डिसेम्बर देखि(Classical Hodgkins Lymphoma) नामक प्राणघातकरोगबाट पीडित मनोज भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा पहिलो चरणको केमोथेरापी गर्ने क्रममा जसोतसो तीस लाखरुपैँया जुटाई उपचार सफल भएको थियो, तर पुनः केही महिनाको अन्तरालपछि त्यही रोग अर्को ठाउँमा बल्झिएको र दोस्रो चरणको केमोथेरापी त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा भइरहेको क्रममा करिब १५ लाख खर्च लाग्ने र उक्त रोगलाई पूर्ण रूपमा निर्मूल गरेपश्चात हड्डीभित्रको मासी थप रुपान्तरण गर्नु पर्ने अवस्था सिर्जना भएकोले डाक्टरहरुबाट अनुमानित रकम चालीस लाख लाग्ने भएको हुँदा सवैमा सहयोग गरिदिन परिवारले आग्रह समेत गरेको छ ।

“गालामा दारी काधमा देश र सामाजीक जिम्मेबारी” भन्ने नारालाई सार्थक बनाउँदै आएको दारी ग्याङ झापाले पछिल्लो समय थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved