छिमेकीसँग मिलेर सासुको हत्या गरेको आरोप, दुई युवती पक्राउ

  • फागुन ६, २०७८
  • कालापानी मिडिया
alt

दाङ । छिमेकीसँग मिलेर आफ्नी सासुको हत्या गरेको आरोपमा प्रहरीले दाङबाट दुई महिलालाई  पक्राउ गरेको छ।सासुको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका खानीगाउँकी २३ वर्षीया बसन्ती घर्ती पक्राउ परेकी हुन्। बसन्तीसँगै सोही ठाउँकी २२ वर्षीया दुर्गा घर्तीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरुले ५५ वर्षीया सासु इन्द्रकुमारी घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ। बसन्ती इन्द्रकुमारीकी बुहारी हुन्।

घरायसी विवादका क्रममा बुधबार बिहान बसन्तीले सासुको टाउकोमा काठको मुंग्रोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनको शव घरनजिकै रहेको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ।बसन्तीले टाउकोमा काठको मुंग्रोले हिर्काएपछि बेहोस भएकी इन्द्रकमारीलाई छिमेकी दुर्गाको सहयोगमा बसन्तीले घरनजिकैको बारीको ढिकबाट खोल्सोमा खसालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका विषयमा थप अनुसन्धान भैरहेको डीएसपी रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved