गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान

  • फागुन ६, २०७८
  • कालापानी मिडिया
alt

 भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान सुरु गरिँदै छ। त्यसका लागि बिहीबारै ७ जनासहित एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। शुक्रबारदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ।

विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका प्रमुख प्रविन न्यौपानेले जानकारी दिए। 

‘यो यात्रुभन्दा पनि बढी उपकरण रहने जहाज हो। आइकाओको डकुमेन्ट, परीक्षण उडान मापदण्डअनुसार उडान सञ्चालन हुन्छ’, उनले नेपालखबरलाई जानकारी दिए, ‘जहाज उडेपछि विभिन्न प्रकारका उपकरणहरूको परिक्षण हुन्छ।  

परीक्षण उडानका क्रममा दिउँसो केहीबेर आन्तरिकतर्फका नियमित उडान प्रभावित हुनेछन्। भैरहवाबाट बिहान ७ वटा र साँझ १२ वटा नियमित उडान हुने गरेका छन्। दिउँसो ३ घण्टाजति नियमित उडान प्रभावित हुने न्यौपानेले बताए।   

आउने बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी छ। त्यसअघि परीक्षण उडान गर्न लागिएको हो।

परीक्षण उडान यही फागुन १५ गतेसम्म जारी रहनेछ। परीक्षण उडानको रिपोर्ट आउन यो सकिएको दिनदेखि २ साता लाग्छ। अन्तिम रिपोर्ट आएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डय प्राधिकरण आईकाओको नियमानुसार उडानका लागि तयार छौं भनेर एरोनोटिकल इन्फरमेसन प्लान एआईपीमा प्रकाशन गर्नुपर्छ।

‘त्यसमा विश्वव्यापी रूपमा थाहा हुनेगरी हाम्रो विमानस्थलको अवस्था के छ, कत्रा जहाज आउन सक्छन्, कुन रुटमा जान सकिन्छ भन्ने हुन्छ’, न्यौपानेले भने। एआईपीमा प्रकाशन भएको ५६ दिनपछि मात्र व्यावसायीक उडान गर्न सकिन्छ।

नेपालमा ७० वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो। यसअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालकाे एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल थियाे। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved