एमसीसी अघि बढाए माओवादीले सरकार छाड्ने, तर समर्थन फिर्ता नलिने

  • फागुन ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्तागठबन्धनका एमसीसीविरोधी नेताको बैठक सकिएको छ ।
यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवलगायत नेताबीच बैठक बसेको थियो । माओवादी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बैठक बसेको हो ।
माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निष्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । केहीबेरमा सत्तागठबन्धनको बैठक बस्दैछ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि असहमत तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

सत्तागठबन्धनको हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट गएका थिए । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएको छ ।

पछिल्लो घटनाक्रमले एमसीसीका कारण सत्तागठबन्धन धरापमा परेको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved