एमसीसीको विरोधमा गठबन्धनका भ्रातृ संगठनको प्रदर्शन, बानेश्वर अस्तव्यस्त

  • फागुन ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले बानेश्वरमा प्रदर्शन गरिरहेका छन् ।नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एस निकट युवा संघले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

यस्तै, नेकपा एस निकट युवा संघले ’एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको सडक प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । विभिन्न दलहरूले एमसीसीविरुद्ध प्रदर्शन गर्दा यातायात अस्तव्यस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सडक प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको बताए । बानेश्वर क्षेत्रमा यातायात अस्तव्यस्त बनेको छ । व्यवस्थापन गरिरहेका छौं’, उनले भने, ‘माइतीघर-नयाँ बानेश्वर, नयाँ बानेश्वर-कोटेश्वर, गौशाला क्षेत्रमा यातायात प्रभावित छ ।’ सडकमा टायर समेत बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) लगायत दल र मोर्चाले संयुक्त रूपमा प्रदर्शन गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved