ओमानलाई हराउँदै विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

  • फागुन ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाै । नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो। 

सुरुवातदेखि नै नेपाली बलरहरु खेलमा हावी भएपछि ओमानका कुनैपनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन। ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।ओमानका जितेन्द्र सिंह ९, खावर अली ७, आमिर कालिम ९, आयान खान ३, जसिम मक्सुदले २ रनमात्रै जोड्न सकेन। 

नेपालका लागि कमलसिंह ऐरीले तीन तथा सन्दीप लामिछानेर दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। त्यसबाहेक जितेन्द्र मुखिया र अविनाश बोहराले १-१ विकेट लिए। त्यसअघि ब्याटरहरुले खराब प्रदर्शन गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।

नेपालका लागि आरिफ सेखले सर्वाधि ३८ रन बनाए। ३७ बलमा उनले २ चौका प्रहार गरे। कप्तान सन्दीप लामिछानेले अन्त्यमा ७ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाउँदै नटआउट रहेका थिए। नेपालले दुवै ओपनर कुशल भुर्तेल र आसिफ सेखलाई सस्तैमा गुमाएको थियो। 

कुशलले ५ तथा आसिफले ४ रनमात्रै जोड्न सके। मध्यक्रममा पनि नेपाली ब्याटरहरु रन जोड्न असफल रहे। तेस्रो नम्बरमा आएका ज्ञोनेन्द्र मल्लले १५ बलमा २ चौकासहित १५ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा एक चौका प्रहार गर्दै ११ रनमात्रै बनाउँन सके।  

उनको स्थानमा क्रिजमा आएका लोकेश बमपनि धेरै बेर टिकेनन। १७ बलमा एक छक्कासहित उनले १६ रन बनाए।त्यसपछि क्रिजमा आएका विवेक यादव पनि १० बल खेल्दै ७ तथा कलमसिंह ऐरी पनि १ रनमै पवेलियन फर्किए।

ओमानका खावर अलीले ३ विकेट लिए। ४ ओभरमा उनले ३० रन खर्चे। यस्तै बिलाल खानले २ तथा फयट भट र जसिम मक्सुदले १–१ विकेट लिएका थिए।  जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ। नेपालले शनिबार फिलिपिन्सको सामना गर्नेछ। 

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ। त्यसबाट फाइनलमा पुग्ने टोली यसैवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved