सिङ्गापुरका प्रधानमन्त्रीले ‘भारतका आधा सांसद आपराधिक पृष्ठभूमिका’ भनेपछि…

  • फागुन ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतले आफ्ना सांसदहरूमाथि सिङ्गापुरका प्रधानमन्त्रीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । सिङ्गापुरको संसदीय मर्यादासम्बन्धी भएको बहसका क्रममा बुधबार प्रधानमन्त्री ली सिएन लुङले भारतको लोकसभाका झण्डै आधा सदस्यहरूले फौजदारी अभियोग सामना गरेको भनी टिप्पणी गरेका थिए ।

यसले दुई देशबीचको सम्बन्धमा दरार आएको छ । भारतको परराष्ट्र मन्त्रालयले सिङ्गापुरका राजदूत (हाइ कमिसनर) लाई बोलाएर आपत्ति जनाएको हो । संसदीय मापदण्डको उल्लेख गर्दै लीले सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु सत्तामा आएदेखि त्यहाँ गिरावट आएको उल्लेख गरेका थिए । नेहरुको प्रंसशा गरेका उनले भारतीय सांसदको बारेमा टिप्पणी गरे ।

‘नेहरुको भारत यस्तो भएको छ जहाँ मिडिया रिपोर्टहरू अनुसार लोकसभाका झण्डै आधा सांसदहरूमाथि बलात्कार र हत्याको आरोपसहित आपराधिक मुद्दा विचाराधीन छन्’, लीले भारतको संसदको तल्लो सदनलाई उल्लेख गर्दै भने । यद्यपि, यसमध्ये धेरै आरोपहरू राजनीतिक रूपमा प्रेरित रहेको उनको भनाइ थियो ।

भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिन अस्वीकार गरेको तर त्यहाँका एक अधिकारीले सिंगापुरे नेताले भनेको कुराको आलोचना गरेको रोयटर्सले जनाएको छ । ‘सिङ्गापुरका प्रधानमन्त्रीको भनाइ अनावश्यक थियो’, पहिचान खुलाउन अस्वीकार गर्ने ती अधिकारीले भने । ‘हामीले यो मुद्दा सिंगापुर पक्षसँग उठाएका छौँ ।’

लीको कार्यालयले यसमा थप गर्नुपर्ने केही नभएको बताएको छ । भारत र सिङ्गापुर दुवै पूर्व बेलायती उपनिवेश हुन् र दशकौंदेखि घनिष्ठ सहयोगी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved