कमल थापा बिरूद्ध उच्च अदालतमा मुद्धा , जबरजस्ती राप्रपा नेपाल हडपेकाे आराेप

  • फागुन ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाै । राप्रपा (नेपाल) ले अध्यक्ष लाक्पा तामाङलाई पार्टी हित तथा विधानविपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ। 

पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष तेजराज भुजेलले आफ्नो अध्यक्षतामा शुक्रबारै बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले अध्यक्ष तामाङलाई कारबाही गरेको जानकारी दिए। 

पार्टीको २१ सदस्यीय कार्यसमितिमध्ये १५ सदस्यले कारबाही गर्ने निर्णय गरेको हो। पछिल्लो समय पार्टीमा देखापरेको विवाद समाधानका लागि पार्टीका नेता प्रदीपविक्रम राणालाई कार्यसमितिको संयोजक बनाउने निर्णय गरेको जानकारी दिइएको छ।

संयोजक राणाले पार्टीको वैचारिक दृष्टिकोण संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र भएकामा अध्यक्ष तामाङले केन्द्रीय कार्यसमितिको बैठक नराखी कमल थापालाई अध्यक्ष बनाएर पार्टीले गणतन्त्रको सिद्धान्त अवलम्बन गरेको अभिव्यक्ति दिएको घटना आश्चर्यजनक भएको तथा नियमसङ्गत नभएको बताए। 

उनले यस घटनाप्रति कानुनी उपचार खोज्ने क्रममा निर्वाचन आयोगमा निवेदनका साथै पाटनस्थित उच्च अदालतमा कार्य समितिका १५ सदस्यले मुद्दा दर्ता गरिसकेको जानकारी दिए। 

गत मङ्सिरमा राप्रपाको अधिवेशनमा अध्यक्ष पदमा पराजित कमल थापाले हालै सो पार्टी परित्याग गरी राप्रपा (नेपाल) को नेतृत्वमा आफू रहेको भन्दै यही फागुन ७ गते शनिबार पत्रकार सम्मेलनको तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

रसुवा बाढी : नेपाली ...

काठमाडौं  : नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved