६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने

  • फागुन ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ ।

एमसीसी जस्तो सुकै अवस्थामा पनि खारेज हुनुपर्ने बताउदै उनीहरुले आज आइतबार संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका हुन् । ६ कम्युनिष्ट पार्टी नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २ मोर्चाले नेपालमा अहिले एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल सहित २ मोर्चा लगायतले शनिबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

सो बैठकपछि शनिबार नै ६ पार्टी र २ मोर्चाले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाको हकमा आज आइतबार माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् । उनीहरुले नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, सबै जिल्लामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने सममे सो विज्ञप्तिमा भनिएको छ ।

b 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved