नेकपा एसलाइ लक्षित गर्दै बास्काेटाले भने ,जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको चुरिफुरी अब सकियाे

  • फागुन ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसी प्रकरणमा नेकपा एकीकृत समाजवादीको ‘फाइँफुइँ’ आज (आइतबार) बाट सकिने भन्दै व्यंग्य गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबल गर्न दिन एकीकृत समाजवादी सहमत भएको छ । हिजो शनिबार बसेको उसको स्थायी कमिटी बैठकले जस्ताको तस्तै एमसीसी पारितमा आफ्नो सहमति नरहे पनि छलफलका लागि यो संसदमा पेस गर्न भने अवरोध नगर्ने निणर्य गरेको हो ।

यसैगरी नेकपा माओवादी केन्द्र पनि एमसीसी टेबल गर्न सहमत भएको बताइएको छ । तर यसको अन्तिम छिनोफानो गर्न आज बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बालुवाटारमा बस्दै छ । साथै एमसीसी सम्झौता संसदमा पेस हुँदा मन्त्रीहरूले पक्षमै मत दिनुपर्ने तर त्यही पार्टीका अन्य सांसदले बहिष्कार गर्न पाउने सहमति भएको खबर पनि सार्वजनिक भएको छ ।

यसैलाई कटाक्ष गर्दै पूर्व सञ्चारमन्त्री समेत रहेका एमाले नेता बाँस्कोटाले नाम नलिईकन एकीकृत समाजवादीलाई ‘जस्केलाबाट आएको नक्कली पार्टी’को उपमा दिँदै यसको ‘फाइँफुइँ’ आजबाट समाप्त हुने टिप्पणी गरेका हुन् । एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको थियो । ‘जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइँफुइँ पनि आजबाट धुलीसात् हुने भएछ’, बाँस्कोटाले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘मन्त्रीहरूले भोट हाल्ने, नेताहरूले बहिष्कार गर्ने । समाजवादी कायदा !’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved