प्रदेश स्वास्थ्य तालिम केन्द्र हटाइएकोमा जनस्वास्थ्य संघको आपत्ती

  • फागुन ९, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । प्रदेशको स्वास्थ्य क्षेत्रको अभिन्न अंग प्रदेश स्वास्थ्य तालिम केन्द्र हटाइएको भन्दै नेपाल जनस्वास्य संघ प्रदेश समितिले असन्तुष्टि जनाएको छ ।

संघले आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष ज्ञापनपत्र पेश गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी भएको स्वास्थ्य मन्त्रालयको दरबन्दी तेरिजमा तालिम केन्द्र हटाइएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

ज्ञापन पत्रमा प्रदेश स्वास्थ्य तालिम केन्द्रले प्रदेश भरीका स्वास्थ्यकर्मीहरुको विभिन्न विषयमा विशेषज्ञ तालिमहरु कोरोनाको उपचारको लागि सघन उपचार सम्बन्धी बाल रोग विशेषज्ञ तथा नर्सहरुलाई तालिम, आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम, आमा सुरक्षा कार्यक्रमको सफल कार्यान्वयनका लागि ६० दिने दक्ष प्रसूती सम्बन्धी तालिम गराउँदै आएको उल्लेख गरेको छ । यस्तै विभिन्न रोगको महामारीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तालिम केन्द्र हटाउने निर्णयले स्वास्थ्यकर्मीलाई नैराश्यता बढाउने ज्ञापन पत्रमा उल्लेख छ ।

‘स्वास्थ्य क्षेत्रमाथिको हस्तक्षेप तथा स्वास्थ्य संस्थाहरुलाई खारेज गर्ने, छुटाउने, स्वास्थ्यका विज्ञहरुसँग सल्लाह नगरी हचुवाको भरमा स्वास्थ्यको दरबन्दी तेरिज बनाउने कार्यप्रति आपत्ती जनाउँदै तत्काल प्रदेश स्वास्थ्य तालिम केन्द्रको पुनःस्थापना गर्न जोडदार माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।

मुख्यमन्त्री कार्यालयमा नेपाल जनस्वास्थ्य संघका प्रदेश अध्यक्ष अनितकुमार देवसहितको टोली पुगेको हो । सो टोलीले बर्डफ्लु, डेंगु, कालाजार, दादुरा र हाल विश्वव्यापी रुपमा देखिएको कोरोना महामारीसँग स्वास्थ्यकर्मीहरु ज्यानको बाजी लगाउँदै जनताको स्वास्थ्य र जीवन रक्षाका लागि सेवा प्रदान गर्दै आइरहेको मुख्यमन्त्रीलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved