प्रचण्डप्रति ओलीको कटाक्ष : एमसीसीमा सहि गरेर आफू चाँहि मूर्तिझैं बस्ने, अरुलाई सडक र संसदमा उफार्ने ?

  • फागुन ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता घटकले अमेरिकी सहायता परियोजना एमसीसीमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । कीर्तिपुरमा आयोजित कार्यक्रममा ओलीले संसदमा एमसीसी टेबल हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मूर्तिझैं बसेको आरोप लगाएका हुन् ।

उनले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने, ‘संसदमा आफू चुप लागेर बस्ने मूर्तिझैं । एकथरीलाई उठ उठ भन्ने । उताको लाई उठ उठ भन्ने । अर्कोलाई बस बस भन्ने । एकथरीलाई सडकमा पठाउने । सरकारमा पनि आफू हुने, सडकमा पनि आफू हुने, सदनमा पनि आफू हुने ।’

प्रचण्ड र माधव एमसीसी टेबल हुँदा संसदमा उपस्थित थिए भने उनका सांसदहरु पछाडि उठेर विरोध गरिरहेका थिए । साथै कार्यकर्ताले संसद बाहिर प्रदर्शन गरेका थिए । गठबन्धनका नेताहरुको दोहोरो चरित्रले देशमा द्वन्द्व निम्त्याउने ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved