धरानमा बीभत्स अवस्थामा फेला परेको शवको पहिचान अझै खुलेन, सुनसरी प्रहरीद्वारा हुलियाको स्केच सार्वजनिक

  • फागुन १०, २०७८
  • कालापानी मिडिया
alt

इटहरी / धरानमा बीभत्स अवस्थामा फेला परेको शवको पहिचान अझै खुलेको छैन ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार गत फागुन ४ गते धरानमा फेला परेको शवको पहिचान अझै नखुल्दा हुलियाको स्केच तयार पारिएको छ ।

फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान ४ स्थित धरान–भेडेटार सडकखण्डको खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो।

एसपी थापाका अनुसार बिहीबार बिहान प्रहरी खटाएर खोजी गर्ने क्रममा सोही प्रकृतिको जेब्रा झोलामा शरीरको अन्य भाग पनि भेटिएको हो ।

जङ्गलमा भेटिएका शरीरका विभिन्न भागलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेर सुक्ष्म ढङ्गबाट अनुुसन्धान सुरु गरिएको एसपी थापाले बताए ।

शरीरका पूर्ण भाग फेला परेपनि ती पुरूषको सनाखत हुन सकेको छैन। सनाखत नहुँदा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको छ। घटना रहस्यमय भएकाले आफूहरू अनुसन्धानकै क्रममा रहेको उनले बताए ।

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं। प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित रहेको एसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved