युक्रेनमा रुसी सेना पठाउन राष्ट्रपति पुटिनको आदेश

  • फागुन १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका छन्।

गए राति एक टेलिभिजन सम्बोधनमार्फत उनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका हुन्। उक्त क्षेत्रमा पृथकतावादी आन्दोलन जारी छ। आन्दोलनकारीलाई रुसले साथ दिँदै आएको छ। सोही क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनालाई पठाउन पुटिनले आदेश दिएका हुन्। उनको आदेशअनुसार रुसी सेना लुहान्स्क र दोनेत्स्कमा शान्ति स्थापनाका रुसी सेना बस्ने छ। दुवै क्षेत्र रुस समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छन्।

टेलिभिजन सम्बोधनमा पुटिनले युक्रेनमा कठपुतली शासन रहेको र युक्रेन अमेरिकी उपनिवेश बनेको आरोप लगाएका छन्। युक्रेन एक असल राष्ट्र भएको कुनै इतिहास नरहेको र आधुनिक युक्रेनको स्वरूप रुसले बनाइदिएको उनले दाबी गरेका छन्। युक्रेन नेटोको सदस्य बन्न लागेकामा उनले चर्को आलोचना गरे। र, त्यो आफ्नो राष्ट्रिय सुरक्षा भएको पुटिनको ठम्याइ छ। नेटोले रुसको सुरक्षा चिन्तालाई उपेक्षा गरेको समेत आरोप लगाए।

पुटिनले विद्रोहीहरूको कब्जा रहेको क्षेत्रमा आक्रमण बन्द गर्न युक्रेनलाई चेतावनी दिए। र, बन्द नभए अनपेक्षित परिणाम भोग्नुपर्ने बताए। सम्बोधनलगत्तै पुटिनले पूर्वी युक्रेनका विद्रोहीहरूलाई मान्यता दिने आदेशमा हस्ताक्षर गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved