‘सत्तामा बसेर एमसीसीको विपक्षमा मतदान गरे गठबन्धन भत्किन्छ’

  • फागुन १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सत्तारुढ दलहरुले अमेरिकी सहायता परियोजना (एमसीसी) को विपक्षमा मतदान गरे गठबन्धन भत्किने बताएका छन्। 

मंगलबार दिउँसो चितवन पुगेका महामन्त्री थापाले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले सदनमा पेश गरेको एमसीसीको विपक्षमा मतदान भएमा गठबन्धनको औचित्य सकिने बताए। 

‘गठबन्धनमा सहभागी भएर त्यही सरकारले ल्याएको प्रस्तावविरुद्ध मतदान गरिसकेपछि हामी विपक्षमा मतदान गर्छौ तर बाँकी कुरामा सँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक हुन्छ,’ थापाले भने। 

महामन्त्री थापाले मतदानको बेला पेट दुख्यो भनेर घर बस्नेहरु अर्को दिन ठीक भयो भनेर गठबन्धनमा फर्किए सँगै बस्न नसकिने स्पष्ट पारे। ‘एमसीसीको पक्षमा मतदान गर्ने भए सँगै बसौँ। विपक्षमा मतदान गर्ने भए सँगै बस्न सकिँदैन,’उनले भने। 

एमसीसीलाई यसअघिका सबै कम्युनिष्ट सरकारले अगाडि बढाएको भन्दै अहिले त्यसको विरोध गर्नु जायज नहुने उनले बताए। ‘कि भन्न सक्नुपर्यो त्यसबेला निर्णय गर्दा हामीले ठूलो अपराध गर्‍यौँ, भूल गर्‍यौँ’, उनले थपे।

उनले एमसीसीलाई लिएर सडकमा आशंका व्यक्त गरिएका विषयमा व्याख्या गर्दै सन्धिका रुपमा संसदबाट पारित गर्न सकिने विकल्प रहेको बताए। 

त्यहीअनुसार एमसीसीलाई पास गर्नुपर्ने थापाले बताए। उले केही दलले चुनावपछि एमसीसी अघि बढाऔं भन्नु दोहोरो चरित्र देखाउनु बाहेक अन्य केही नभएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved