जर्मनीले रोक्यो रुसको प्रमुख ग्यास पाइपलाइन परियोजना

  • फागुन ११, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । जर्मनीले रुसी प्रमुख ग्यास पाइपलाइन परियोजना रोक्ने निर्णय गरेको छ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलई स्वतन्त्र राज्यको मान्यता दिँदै उक्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेसँगै जर्मनीले ग्यास पाइपलाइन रोकेको हो। 

जर्मनीले रोकेको नर्ड स्ट्रिम २ पाइपलाइन रुसबाट जर्मनीमा ग्यास आपूर्तिका लागि बनाउन लागिएको हो।नर्ड स्ट्रिम २ परियोजाको विभिन्न मुलुकले आलोचना गर्दै आए पनि जर्मनीले भने सहयोग गर्दै आएको थियो।

यो परियोजनाको लागि करिब १० अर्ब युरोबराबरको लगात आवश्यक पर्ने अनुमान छ। लगानी रुस र पश्चिमा ऊर्जा कम्पनीहरुले  गर्ने योजना थियो। 

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले जर्मनीको यो कदमको स्वागत गरेका छन्। उनले अहिलेको अवस्थामा राजनीतिक र अभ्यासगतरुपमा यो कदम सही भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘सही नेतृत्वले कठिन परिस्थितिमा कठिन निर्णय गर्छ। यो कुरा जर्मनीले चालेको कदमले पुष्टि गरेको छ।’ युरोपमा प्रयोग हुनेमध्ये ४० प्रतिशत ग्यास रुसबाट आउने गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved