गठबन्धन जोगाउने, एमसीसी पास हुन नदिने रणनीतिमा प्रचण्ड

  • फागुन ११, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

काठमाडौमा शुरु भएको माओवादी केन्द्र वागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन एमसीसी टेबल गर्नुपरेको बताएका थिए । तर उनले टेबल हुँदैमा पास गर्‍यो भनेर भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आश्वस्त पार्न खोजेका थिए ।

‘एमसीसी टेबल हुँदैमा पास गर्‍यो भनेर भ्रममा नपर्नुस्, गठबन्धन नै टुट्ला जस्तो भएपछि टेबल गर्न सहमति दिएको मात्रै हो’, प्रचण्डको भनाइ थियो । उनले टेबल गर्दैमा केही नबिग्रिने पनि बताए । ‘टेबल गर्दैमा केही बिग्रिदैन । यदि टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर त्यसो गरिएको हो’, प्रचण्डको भनाइ उधृत गर्दै एक प्रदेश सदस्यले सुनाए । एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णायक मोडमा आइपुग्दा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र विपक्षमा छ ।

माओवादीसँगै एकीकृत समाजवादी पनि विपक्षमा छ । गठबन्धन नै धरापमा परेपछि नचाहेर संसदमा टेबल गर्न सहमति जनाएका माओवादी अध्यक्ष प्रचण्ड अब पारित हुन नदिने रणनीतिमा छन् । प्रधानमन्त्री एवं प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँग संवाद बढाएर प्रचण्डमाथि दबाब बढाएका छन् ।

तर प्रचण्ड भने गठबन्धन जोगाउने र एमसीसी फेल गराउने रणनीतिमा अघि बढेका छन् । बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा सत्ता उल्ट्याउन कैयन षडयन्त्र भइरहेको र ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने उल्लेख गरेका थिए । यो भनाइले पनि सत्ता गठबन्धन टुटाउन भइरहेका षडयन्त्रलाई रोकेर जोगाउने रणनीति देखाउँछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved