श्रद्धाञ्जलीका लागि गायक लामाको पार्थिव शरीर आज राष्ट्रिय नाचघरमा राखिने

  • फागुन १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । बुधबार मृत्यु भएका गायक तथा कलाकार जयनन्द लामाको शव आज राष्ट्रिय नाचघर जमलमा राखिँदै छ। कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि बिहान १० बजे उनको शवलाई राष्ट्रिय नाचघरमा राख्न लागिएको हो।

लामाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन्।सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका ६६ वर्षीय लामा भक्तपुरस्थित कौशलटारमा बस्दै आएका थिए। 

बुधबार बिहान लामा आफ्नै घर अगाडि मृत फेला परेका थिए। गाडिबाट ओर्लने क्रममा अल्झिएर लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

लोक गायक तथा संकलक लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै संकलन गरेका छन्। उनी अभिनयमा पनि सक्रिय थिए।

लामाले गाएका ‘कलकत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘मुलाको चाना’, ‘सलल पानी’ लगायतका गीत लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved