रुसी राष्ट्रपति पुटिनले गरे युक्रेनविरुद्ध औपचारिक युद्धको घोषणा,दोनेत्सकमा बिस्फोट

  • फागुन १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्। जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ कारबाहीको घोषणा गरेका हुन्।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन्।​ बिहीवार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार त्याग्न आग्रह गरेका छन्।

पुटिनको घोषणा लगत्तै पूर्वी युक्रेनको बिखन्डनकारीको नियन्त्रणमा रहेको दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा बिस्फोटका आवाज सुनिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान अनुरोध गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुनसक्ने बताएका छन् । वार्ताबाट समस्या समाधान गर्न आफूले गरेको आग्रहलाई राष्ट्रपति पुटिनले बेवास्ता गरेको जेलेन्स्किीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved