एमसीसीमाथि छलफलको प्रस्ताव राख्ने अर्थमन्त्री शर्मा नै एमसीसी छल्न पर्वतमा

  • फागुन १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको कार्यसूचिमा अमेरिकी सहयोग सम्झौता एमसीसीमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्ने उल्लेख छ ।

संसद सचिवालयको सम्भावित कार्यसूचीको एक नम्बरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा अर्थमन्त्री शर्माले एमसीसी सम्झौतामाथि छलफलको प्रस्ताव राख्ने उल्लेख छ । तर, अर्थमन्त्री शर्मा भने राजधानी बाहिर छन् । पर्वतमा आज हुने उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री शर्मा बुधबार नै कुश्मा पुगेका हुन् । बुधबार फर्कने टिकट समेत रद्द गरेर अर्थमन्त्री कुश्मामा बसिरहेका छन् ।

आज दिउँसो १ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री शर्मा उपस्थित हुने सम्भावना क्षीण रहेको बुझिएको छ । एमसीसीका बारेमा उठ्ने प्रश्नहरुको जवाफ दिनुपर्ने भएकाले त्यसलाई छल्न अर्थमन्त्री राजधानी बाहिर गएको अनुमान गरिएको छ ।

यही फागुन ८ गते पनि अर्थमन्त्री शर्मा संसद बैठकमा अनुपस्थित भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्ताव टेबल गर्नुभएको थियो ।जनताले सर्वाधिक चासो राखेको विषयमा जवाफ दिनुपर्ने विभागीय मन्त्रीले वैठक छल्नु चाहीँ कति शोभनीय हो भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved