कांग्रेस र एमाले सहमति नजिक, आज निर्णायक छलफल हुँदै,सत्ता गठबन्धन धरापमा

  • फागुन १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । एमसीसी सम्झौतामा मतभदे बढ्दै जाँदा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ ।

नयाँ गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) निर्णायक संवादमा जुटेका छन् । अर्कोतर्फ बामपन्थी गठबन्धन बनाउनका लागि पनि प्रयास सुरू भएको छ । अब एमसीसी र नयाँ गठबन्धन छनौटको मौका नेकपा एमालेलाई जुरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सामूहिक र एक्लाएक्लै छलफल भएको छ । दुई पक्षीय वार्ता सहमति नजिक पुगेको बताइएको छ । सहमतिको खाका तयार पार्न आज फेरि छलफल हुने पनि बुझिएको छ ।

बिहीबार साँझ बालुवाटारमा भएको बैठकमा सामूहिक छलफलपछि देउवा र ओलीबीच एक्लाएक्लै छलफल भएको थियो । कांग्रेस र एमालेबीच सभामुख हटाउने विषयमा सहमति भएको बुझिएको छ । ओलीले ‘माओवादीलाई कहिले तपाईंहरूले बोक्ने, कहिले हामीले बोक्ने नगरौं’ भन्ने प्रस्ताव कांग्रेस समक्ष राखेका थिए। त्यसपछि ओलीको प्रस्तावमा प्रधानमन्त्री देउवाले सहमति जनाएको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले एमाले र कांग्रेस मिलेर देशलाई निकास दिनुपर्ने प्रस्ताव पनि राख्नुभएको बुझिएको छ । दुई दलका नेताहरु अहिले बिहानैदेखि छलफलमा जुट्दैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved