युक्रेनमाथि आक्रमण थालेपछि रूसमा युद्धविरोधी प्रदर्शन,सयौं प्रदर्शनकारी पक्राउ

  • फागुन १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । आफ्नो देशले छिमेकी युक्रेनमाथि आक्रमण थालेपछि बिहीबार रूसमा युद्धविरोधी प्रदर्शन भएका छन्। रसिया टुडेका अनुसार राजधानी मस्कोमा हजारौं मानिसहरूले युद्ध चाहिँदैन भन्दै प्रदर्शन गरेका थिए।

उनीहरूले युद्व गर्न नहुने नारा लगाएका थिए। प्रदर्शनकारीहरूले लडाइँ रोक, युद्ध चाहिँदैन, युक्रेन हाम्रो शत्रु होइन जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। मस्कोसँगै सेन्ट पिटर्सबर्गलगायत अरू साना सहरहरूमा पनि प्रदर्शनहरू भएका थिए। प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

मस्को प्रहरीले मात्रै ६ सय जनालाई पक्राउ गरेको जनाएको छ। प्रदर्शनकारीहरूले कोभिड(१९ रोक्न लगाइएका प्रतिबन्ध उल्लंघन गरेको प्रहरीको भनाइ छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनविरूद्ध सैन्य कारबाही घोषणा गरेका थिए। पुटिनको उक्त घोषणापछि युक्रेनको राजधानी किएभलगायत विभिन्न ठाउँमा रूसी सैनिकले आक्रमण गरेका छन्। सानो छिमेकी युक्रेनमाथि आक्रमण गर्ने पुटिनको कदमको संसारका धेरै मुलुकले आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved