ध्वनि मतको सट्टा मत विभाजन प्रक्रियामा जान सक्ने आसंकामा संसद स्थगित

  • फागुन १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । आज शुक्रवार बस्ने भनिएको संसद्को बैठक पनि स्थगित भएको छ । अमेरिकी सहयोग एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने भनिएको बैठक पर्सि आइतवारसम्मका लागि स्थगित गरिएको हो । हिजो बिहीवारका लागि तय भएको बैठक सरकारको आग्रहमा आजसम्मका लागि स्थगित भएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले ध्वनि मतको सट्टा मत विभाजन प्रक्रियामा जान खोजेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सशङ्कित छन् । संसद्को प्रक्रियाअनुसार गत साता आइतवार संसदमा टेबल भएको एमसीसीमा अब सैद्धान्तिक छलफल हुन्छ । छलफलमा उठेका प्रश्नमा सरकारका मन्त्रीले जवाफ दिनेछन् । त्यसपछि सभामुखले सैद्धान्तिक स्वीकृतिका लागि निर्णयार्थ पेस गर्नुपर्छ ।
यसरी स्वीकृतिका लागि पेस गर्दा सामान्यतयाः ध्वनि मत गराउने चलन छ । संसदमा सत्तापक्षको बहुमत हुने भएकाले सैद्धान्तिक छलफलमा सरकारले पेस गरेका विषय सामान्यतयाः अस्वीकृत हुँदैन । तर एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले सैद्धान्तिक छलफलमै मत विभाजन माग्ने तयारी गरेको प्रधानमन्त्रीको आशङ्का छ ।
प्रतिनिधि सभामा कायम सांसदको १० प्रतिशत अर्थात् २८ जनाले मत विभाजन मागेमा सभामुखले मत विभाजनमा जान सक्ने नियम छ । तर सत्तारुढ दलले सरकारले ल्याएको प्रस्तावमा यसरी मत विभाजन माग्न नमिल्ने भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved