सुरक्षा परिषद् बैठकमा युक्रेनमाथि आक्रमणको निन्दा‚ रुसद्वारा भिटो प्रयोग

  • फागुन १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा युक्रेन आक्रमणसँग जोडिएको एक प्रस्तावमा रुसले भिटो प्रयोग गरेको छ। युक्रेनविरुद्धको आक्रमणमा निन्दा गर्ने प्रस्तावमाथि रुसले भिटो प्रयोग गरेको हो।

उक्त प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए। सुरक्षा परिषद्को स्थायी सदस्य रुसले आफ्नो भिटो अधिकार प्रयोग गरेको हो। भारत, चीन र युएई भने मतदानमा सहभागी भएनन्। सुरक्षा परिषदमा रुसी दूतले रुसले युक्रेन वा युक्रेनका नागरिकमाथि आक्रमण नगरेको दाबी गर्दै डोनबासका बासिन्दालाई बचाउन यस्तो कदम चालिएको बताएका छन्।

यसैबीच गएरातिसम्म रुसले युक्रेनका कयौँ क्षेत्रमा हवाई आक्रमण गरिसकेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी सेना राजधानी किभमा छिरिसकेको छ। किभमा युक्रेनले रुसी सैनिकको एउटा ठूलो जहाज खसालिदिएको बताएको। तर‚ रुसले भने युक्रेनकै जहाज दुर्घटनामा परेको दाबी गरेको छ।

रातभरमा युक्रेनमा के कति आक्रमण र क्षति भयो भन्ने विवरणहरु भने सार्वजनिक भएका छैनन्। अमेरिका‚ बेलायत तथा युरोपेली संघले रुसमाथि कडा आर्थिक प्रतिबन्ध घोषणा गरेका छन्। साथै‚ यी देशहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभरोभविरुद्ध समेत प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved