एमसिसीमा गठबन्धनभित्रै सहमति जुटेपछि भीम रावल आक्रोशित

  • फागुन १५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । लामो रस्साकस्सीपछि अमेरिकी सहायता सम्झौता एमसिसी संसदबाट अनुमोदन गर्न सत्ता गठबन्धनभित्रै सहमति जुटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले आक्रोश व्यक्त गरेका छन्।

सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी एमालेसँग वार्ता थालेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्न सहमत भएका हुन्। तर यसो भन्नु जनतालाई झुक्याउनु हो भन्दै एमाले नेता रावलले विरोध गरेका हुन्।

‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो’, रावलले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो महाकाली सन्धिको ‘संकल्प प्रस्ताव’जस्तै निहीत सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नुजस्तै हो। देशघाती चरित्र!’

vim rawal

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved