एमसीसी स्थगन गरेर जनतालाई आश्वस्त बनाउन राप्रपा अध्यक्ष लिङ्देनको माग

  • फागुन १५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी अनुमोदन प्रस्ताव स्थगन गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै अध्यक्ष लिङदेनले जनता आश्वस्त नभएसम्मका लागि एमसीसीलाई स्थगन गर्नुपर्ने बताएका हुन् ।

‘यो केबल आर्थिक सहायताको विषयमात्रै होइन । नेपाली जनता यस विषयमा विभाजित भएकोले यसलाई स्थगन गरेर नयाँ ढंगले जान सरकारसँग प्रस्ताव गर्छु’, लिङदेनले भने । उनले एमसीसीलाई संसदको प्राविधिक प्रक्रियामात्रै पुर्‍याएर पारित गर्ने हतारो गर्न नहुनेमा जोड दिए ।

‘यथास्थितिमा यसलाई पारित गर्नु भनेको देशलाई अझ द्वन्द्वमा लैजाने विषय हो । संसदका सबै निर्णय ठीक हुन्छ भन्ने हुँदैन । त्यसैले यस विषयमा सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्छ’, उनले भने । 

‘एमसिसीको दफादफामा छलफल हुनुपर्छ, यसको एकएक दफाबारे जनताले बुझ्नुपर्छ,’ उनले भने। एमसिसीजस्तो सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिको मान्यता किन दिनुपर्ने भन्दै उनले प्रश्न गरे। वैदेशिक सम्बन्ध केटाकेटी ढंगले अगाडि नबढ्न उनले सबैसँग अपिल पनि गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved