श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतद्वारा क्लिन स्वीप

  • फागुन १६, २०७८
  • कालापानी मिडिया
alt

भारतले श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खलामा क्लिन स्वीप गरेको छ । गएराति घरेलु मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएर भारतले श्रृङ्खला ३–० ले जितेको हो ।

श्रीलङ्काले दिएको १ सय ४७ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित रहँदै ७३ रनको अर्धशतकीय पारि खेले । यस्तै, रविन्द्र जडेजाले २२, दीपक होडाले २१ तथा सञ्जु सामसनले १८ रन बनाए ।

श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए भने दुशमन्थ चमेरा र चामिका कारुनारत्नेले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो ।

श्रीलङ्काका लागि कप्तान डसुन सनकाले अविजित रहँदै ७४ रनको अर्धशतकीय पारी खेले भने दिनेश चण्डीमालले २२ तथा चामिका करुनारत्नेले १२ रन बनाए । भारतका आभेस खानले २ तथा मोहम्मद सिराज, हर्षल पटेल र रवि विशदोइले एकरएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved