आज पाँचौ दिनपनि युक्रेनमाथी रूसी सेनाको आक्रमण जारी

  • फागुन १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । युक्रेन आक्रमणको पाँचौ दिनसम्म रूसी सेनाले देशका सबैतिरबाट आक्रमण जारी राखेको छ। युक्रेनी सेनाले आफ्नो फेसबुक पेजमा पछिल्लो रात सबैभन्दा कठिन समय भएको उल्लेख गरेको छ।

रूसको निरन्तर प्रहारका बाबजुद सबै सहर आफ्नो नियन्त्रणमा रहेको युक्रेनी फौजले बताएको छ। युक्रेनी सेनाले जवाफी कारबाहीमा ४ हजार ३०० रूसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। यो दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन। युक्रेन सरकारको तथ्यांकअनुसार हालसम्म २०० भन्दा बढी युक्रेनीको मृत्यु भइसकेको छ भने ११ सयभन्दा बढी घाइते भएका छन्।

यसैबीच रूसविरुद्ध पश्चिमा देशहरूले लगाएको कडा प्रतिबन्धको असर रूसी मुद्रामा देखा परेको छ। अमेरिकी डलरको तुलनामा रूसी मुद्रा रूबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ। रूसमा धेरैजसो बैंकबाहिर मानिसहरूको ठूलो लाइन लागेको छ। ह्याकरहरूले रूसी बैंकका कार्डहरू चल्न नसक्ने बनाइदिएपछि मानिसहरू पैसा निकाल्न बैंकमा लाइन लागेका हुन्।

युरोपमा रूसी स्वामित्वका बैंकहरूले काम गर्न छोडेका छन्। रूसको केन्द्रीय बैंकमा लगाइएको प्रतिबन्धका कारण ६३० अर्ब डलर विदेशी मुद्राको ढुकुटी रूसले प्रयोग गर्न पाएको छैन। यसको असर रूबलमा परेको हो। रूसमाथिको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यभने निकै तीव्ररुपमा वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved