रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता, युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेन

  • फागुन २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता भएको छ । वार्तामा युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेको छैन । तर युक्रेनबाट बाहिरिन चाहने नागरिकका लागि बाटो दिन दुवै पक्ष सहमत भएका छन् ।

युक्रेन–बेलारुस सीमा नजिक भएको वार्तामा मानवीय करिडोर व्यवस्थित गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वार्ता सुरु हुनुअघि दुई देशका प्रतिनिधिले हात मिलाएका थिए । वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल हिजो बिहीवार हेलिकप्टरबाट वार्तास्थल पुगेको थियो ।

रूसी वार्ताकारको नेतृत्व गरेका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले रूसी प्रतिनिधिमण्डल युक्रेनसँग सम्झौता गर्न लामो समयसम्म वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । वार्ताअघि नै युक्रेनी वार्ताकार डाभिड अराखमियाले आफूहरू द्वन्द्वग्रस्त क्षेत्रबाट बाहिरिन दिन मानवीय बाटो खुला गराउन केन्द्रित हुने बताएका थिए ।

यसअघि गएको सोमवार भएको पहिलो चरणको वार्तामा कुनै पनि सहमति हुन सकेको थिएन । युद्ध सुरु भएपछिका आठ दिनमा युक्रेन छाडेर जानेहरूको सङ्ख्या १० लाख नाघेको संयुक्त राष्ट्र सङ्घले बताएको छ ।

यसैबीच रुसी सेनाले हिजो युक्रेनको दक्षिणी क्षेत्र खेर्सनलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको छ । कृष्ण सागरमा रहेको बन्दरगाह सहर खेर्सन युक्रेनको प्रमुख प्रशासनिक तथा आर्थिक केन्द्र हो । युक्रेनको राजधानी किएभसहित उत्तरपूर्वी खार्किभ र दक्षिणपूर्वमा मारियुपोललगायत अन्य सहरमा पनि रुसले आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved