युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी

  • फागुन २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । युक्रेनको इनरहोडार सहरमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ ।

इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको बताए । इनरहोडारका मेयर ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिएका थिए। रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधवार स्थानीय नागरिकहरू र प्लान्टका कर्मचारीहरूले प्लान्टसम्म पुग्ने बाटो बन्द गरेका थिए ।

युक्रेनमा यो समय चार वटा आणविक प्लान्ट चलिरहेका र त्यसमा इनरहोडारमा रहेको जापोरिज्या प्लान्ट पनि रहेको बीबीसीमा उल्लेख छ । यस प्लान्टमा परमाणु स्थल चर्नोबिलको परमाणु फोहर पनि ल्याउने गरिन्छ । चर्नोबिल अहिले रुसको कब्जामा छ ।

युक्रेनको जापोरिज्या क्षेत्रीय प्रशासनका प्रमुखले जापोरिज्या परमाणु ऊर्जा केन्द्रको सुरक्षा ‘सुनिश्चित’ गरिएको बताएका छन् । आफूले ऊर्जा केन्द्रका निर्देशकसँग कुरा गरेको भन्दै एलेक्सान्डर स्त्रारुखले सुरक्षा सुनिश्चित गरिएको कुरामा आफूलाई आश्वस्त पारिएको सामाजिक सञ्जालमा लेखेका छन्।

यसैबीच द इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) ले आफूहरू युक्रेनका अधिकारीहरूको सम्पर्कमा रहेको बताएको छ । प्लान्टका एक प्रवक्ताले रुसी सेनालाई गोलीबारी बन्द गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका बीबीसीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved