प्रिमियर लिग - लिभरपुल र चेल्सी विजयी

  • फागुन २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्टह्यामसँग १-० को साँघुरो जित निकाल्दा चेल्सीले भने बर्नलीमाथि ४-० को सहज जित हासिल गरेको छ।

जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीसँगको अंक दुरी पुन ३ अंकमा कायम गर्न सफल भयो। लिभरपुलको जितमा साडियो मानेले २७ औ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा चेल्सीले बर्नलीमाथपि ४-० को जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले दोस्रो हाफमा गोल वर्षा गरेको थियो। चेल्सीका लागि जेम्सले ४७ औ मिनेटमा पहिलो गोल गर्दा काई हाभर्टजले दुई गोल गरे। उनले ५२ र ५५ मिनेटमा गोल गर्दै टीमलाई ३-० को अवस्थामा पुर्‍याए टीमका लागि चौंथो गोल क्रिश्टियन पुलिसिकले ६९ औ मिनेटमा गरेका थिए।

त्यस्तै अन्य खेलमा एस्टन भिल्लाले साउथहेम्टनलाई ४-० ले पराजित गर्दा न्युक्यासलले ब्राइटनलाई २-१ ले हरायो। त्यस्तै नर्विचलाई ब्रेन्टफोर्डले ३-१ ले पराजित गर्दा वल्भेसलाई क्रश्टल प्यालेसले २-० ले पाखा लगायो।

प्रिमियर लिगको २७ औ खेलको समाप्तिमा म्यानचेस्टर सिटी ६६ अंक बनाएर शिर्ष स्थानमा कायम रहँदा लिभरपुल समान खेलबाट ६३ अंक बनाउन सफल भएको छ। त्यस्तै चेल्सीको ५३ अंक छ। युनाईटेड ४७ अंकका सथ चौंथो स्थानमा रहेको छ। उसलाई वेस्टह्याम र आर्सनलले ४५ अंकका साथ पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved