युक्रेनमा मानविय संकट, शव उठाउने मानिस सम्म भएनन्

  • फागुन २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । १२ दिनदेखि रुसले जारी राखेको आक्रमणले युक्रेनमा मानवीय संकट गहिरिँदै गएको छ।

आवसीय क्षेत्रमा रुसले आक्रमण जारी राखेपछि सर्वसाधारणलाई खाना र पानीको अभावसमेत चर्किँदै गएको छ। सैनिक नभएको क्षेत्रमा समेत रुसले तीव्ररुपमा मिसाइल र रकेट आक्रमण जारी राखेको छ। यी क्षेत्रमा आक्रमणमा मृत्यु भएकाको शव उठाउन र घाइतेलाई अस्पताल पुर्‍याउनसमेत समस्या भएको छ।

रुसी आक्रमणमा मारिएका कयौँ व्यक्तिको शव सडकमै रहेको बताइएको छ। हिजो इरपिन नगरबाट सुरक्षित स्थानतर्फ भाग्दै गरेका सर्वसाधारणमाथि रुसले गोलाबारी गरेको थियो। भाग्न निस्किएका कयौँ मानिस रुसी आक्रमणमा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यस्तै राजधानी किभमा रुसी फौजले गएराति अबेरसम्म भीषण गोलाबारी गरेको छ। साथै मारियुपोल र खार्किभ सहरका आवसीय भवनमा भीषण बम वर्षा भएको छ।

यसैबीच युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दै रुसमा ठूला प्रदर्शन जारी छन्। राजधानी मस्कोमा हिजो भएको प्रदर्शनमा १७ सय मानिस गिरफ्तार भएका छन्।

सेन्ट पिटर्सबगमा भएका प्रदर्शनमा ७ सय ५० जना गिरफ्तार भएका छन्। अन्य सहरहरुमा पनि रुस सरकारविरुद्ध प्रदर्शन भएका छन्। मानवअधिकारकर्मीहरुले संकलन गरेको तथ्यांकअनुसार युक्रेनविरुद्धको आक्रमण रोक्न रुसमा भएका प्रदर्शनमा हालसम्म १० हजार ९ सय ४६ जना गिरफ्तार भएका छन्।

एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved