चोक-चोक र गल्ली-गल्लीमा न्यायाधीश र वकिल जन्मिएपछि अदालतको के काम ? राप्रपा नेतृ रेखा थापा

  • फागुन २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाले नवालिग गायिकाको पक्षमा आफूले बोल्दा समाजबाट दुत्कार सहनुपरेको गुनासो गरेकी छिन् ।

महिला दिवसका सन्दर्भमा आयोजित एक सडक बहस कार्यक्रममा नेतृ थापाले पिडितको पक्षमा बोल्दा आफुमाथी समाजको दृष्टिकोण देखेर यतिबेला आफूलाई सतीप्रथामै छौं कि जस्तो आभास भएको बताएकी हुन् । अहिलेको प्रकरणलाई जोड्दै उनले चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको कटाक्ष गरिन।

‘उनले भनिन्, अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस्,’ । उनले थपिन्, ‘त्यो नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखियो । हामी त अझै सतीप्रथामा छौं कि क्याहो जस्तो महुसस भयो मलाई त । महिलालाई तिमीहरू सहेर बस, तिमीहरू नै खराब भन्ने खालको सोच देखियो । जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । उनले भनिन्, म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved