राष्ट्रियताको विषयमा सरकार गम्भीर हुन सकेन-भीम रावल

महाकाली पारी नेपाली भूमीमा भारतीय पक्षले डोजर लगाएको विषयमा सरकारको ध्यानाकर्षण

  • फागुन २९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकैबीच एमाले सांसद डा.भीम रावलले भने सभामुखसँग समय लिएर सदनको कारवाहीमा भाग लिएका छन् ।

आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेपनि रावलले भने हात उठाएर बोल्न समय मागेका थिए । सभामुखले ५ मिनेटको समय दिएपछि रावलले महाकाली पारी नेपाली भूमीमा भारतीय पक्षले डोजर लगाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘महाकाली पारी नेपाली भूमिलाई समस्यामा पार्नेगरी भारतले डोजर लगाएको छ । यसमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले संसदमाफर्त जनतालाई जानकारी गराउनुपर्यो । राष्ट्रियताको विषयमा सरकार गम्भीर हुन नसक्दा हामीलाई हाम्रो सरकारप्रति लज्जाबोध भइरहेको छ’, रावलले भने । उनले एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानहरु संशोधन नगरि पारित गरिएको भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि प्रश्न उठेको आरोप समेत लगाए ।

उनले आफूले उठान गरेका विषयहरुमा संसदमा आएर जवाफ दिन सरकारलाई निर्देशन दिन मागसमेत गरेका छन् । रावलले आफ्नै पार्टीको नीतिविपरीत संसदमा समय लिएर बोलेका हुन् । यसअघि पनि एमालेले अवरोध जारी राख्दा रावल एमसीसीमाथिको छलफलमा सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved