नेपाल बारको निर्वाचनमा स्वतन्त्र कानुन व्यवसायीहरुको पनि छुट्टै प्यानल

  • फागुन ३०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल बार एसोसिएसनको चैत १९ मा हुन गैरहेको केन्द्रीय कार्य समितिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र कानुन व्यवसायीहरुको संगठन एनएलए ले अधिवक्ता पृथ्वी नाथ राईको अध्यक्षतामा प्यानलै दर्ता गरेको छ । नेपाल बारको चुनावी इतिहासमा स्वतन्त्र कानुन व्यवसायीहरुले प्यानलनै बनाएर उम्मेदवारी दिएको सम्भवत यो पहिलो पटक हो।

उम्मेदवारी दर्ता पछि राजनीतिक दलहरुको एनएलएले, राजनीतिक दलहरुको चाकडीलाइ आफ्नो पहिलो प्राथमिकतामा राखेर न्यायालयलाई बेच्न पनि पछाडी नपरेका दल सम्बद्ध प्यानलहरुको सिण्डीकेटलाई तोड्न र न्यायलय र नेपाल बारको सुद्धिकरणकै लागि नेतृत्व गर्न संगठित भएर उम्मेदवारी दिएको बताएको छ।

विगतमा स्वतन्त्र उम्मेदवारहरुहरुले बारको निर्वाचनमा सहभागिता जनाए पनि, संगठित भएर प्यानल सहित उम्मेदवारी दिएका थिएनन्। उम्मेदवारी दर्ता पछि संचारकर्मीहरु सँग कुरा गर्दै एनएलए बाट महासचिवका उम्मेदवार अधिवक्ता त्रिलोक बहादुर चन्दले, स्वन्तन्त्र न्यायपालिकाको मुद्दालाई बोकेर हिड्ने तर आँफै राजनीतिक दलको स्वार्थ पूर्तिको लागि मरिमेट्ने र न्यायालयलाई राजनीतिक भागबन्डाको अखडा बनाउने दलका दलालहरुको काउन्टरमा आफु उभिएको बताएका हुन् ।

सेतोपट्टि लगाएर न्यायालय सुद्दिकरणको आन्दोलनको नेतृत्व गरेको समूह हो एनएलए। नेपाल बारले अदालत ठप्प पारेर प्रधान न्यायाधिश विरुद्ध आन्दोलन गर्दैगर्दा सेतो पट्टि समूहले त्यसको कडा बिरोध गरेको थियो। न्यायलय सुद्दिकरण को मुद्दा साझा भएपनि जनताको न्याय पाउने अधिकारलाई हनन् गरेर हुने कुनै पनि आन्दोलन आफुहरुलाई स्वीकार्य नहुने सेतो पट्टि समूहले स्पष्ट पारेको छ।

kanun

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved