अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ताको तयारी

  • चैत ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ताको तयारी भइरहेको छ।
रुसले युक्रेनमाथि आक्रमण थालेयता अमेरिका र चीनका शीर्ष नेताबीच पहिलोपटक संवाद हुन लागेको हो। उनीहरुबीच शुक्रबार टेलिफोन वार्ता हुने ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। अस्पताल, विद्यालय, सार्वजनिक भवन, आवासीय क्षेत्र, आवासीय भवन निशाना बनाएको रुसको विश्वव्यापी रुपमा आलोचना भइरहेको छ। तर चीनले हालसम्म युक्रेनमा गरेको आक्रमणलाई लिएर रुसको निन्दा गरेको छैन। चीनले युद्धका सम्बन्धमा आफूलाई तटस्थ राख्ने प्रयास गरिरहेको छ।

यही परिवेशमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता हुन लागेको हो।

रुसले चीनसँग युक्रेन युद्धका लागि सैन्य तथा वित्तिय सहयोग माग गरिरहेको र चीन पनि सहयोगका लागि सकारात्मक देखिएको दाबीसहितका खबर प्रकाशित भएको परिवेशमा बाइडेनले सीलाई चेतावनी दिने ह्वाइट हाउसका अधिकारीले बताएको खबरमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved