युक्रेनमाथिको आक्रमण रोक्न रुसका चार सर्त

  • चैत ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसले युक्रेनमाथिको आक्रमण रोक्नका लागि चार श्रेणीमा सर्त अघि सारेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार राती टर्कीका राष्ट्रपति रिसेप एर्डोगानसँगको टेलिफोन संवादका क्रममा चार श्रेणीका सर्त राखेका छन् । टर्कीस अधिकारीहरुका अनुसार पुटिनले पहिलो सर्तको रुपमा युक्रेन नाटोमा संलग्न हुन नहुने र उसको भूमिका युरोप तथा रुसकाबीच न्युट्रल हुनुपर्ने रहेको छ ।
त्यस्तै रुसका लागि युक्रेन चुनौती बन्ने छैन भन्ने ग्यारेन्टीका लागि युक्रेनको निशस्त्रीकरण गरिनुपर्ने अर्को सर्त रहेको छ । युक्रेनमा रुसी भाषाको संरक्षण तथा रुसी भाषीहरुको अधिकार सम्बन्धि माग पनि पुटिनले राखेको टर्कीस अधिकारीहरुले बताएका छन् ।

पुटिनले दुई देशबीच शान्ति सम्झौता हुनुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग आम्नेसाम्ने वार्ताको सर्त पनि राखेको जनाइएको छ । त्यस्तै रुसले कब्जा गरेको क्राईमिया तथा हालै रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएका दोनेत्स्क र लुहांग्सलाई युक्रेनले पनि मान्यता दिनुपर्ने सर्त पनि रुसको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved