युक्रेनको मारिओपलमा एक लाख मानिस बिचल्लीमा, रोकिएन रुसी आक्रमण

  • चैत ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् ।

आजसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरूका लागि खाना, पानी र औषधिको व्यवस्था नभएको र निरन्तर गोलाबारी र बम हमला भइरहेको जेलेन्स्कीले बताएका हुन् । त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रुसी गोलाबारी र योजनाबद्ध आतंकका कारण अवरोध भएको उनको भनाइ छ ।

एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरूका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए । सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार शहरबाट उद्धार गरिएको छ । यसैबीच, जेलेन्स्कीले पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved